काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८.३३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १६ कम्पनीको ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २० करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३ सय ३१ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा माया खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा गरिमा डेबेन्चर २०८५, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, ज्योति विकास बोन्ड २०८७, मन्दाकिनी हाइड्रोपावर र राप्ती हाइड्रो एण्ड जेनेरल कन्सट्रकशनका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सर्वोत्तम सिमेन्टको भएको छ । यस कम्पनीको २८ करोड ६८ लाख ९३ हजार ३ सय ३१ रुपैयाँ ८० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा गुर्खाज फाइनान्स, शिवम् सिमेन्ट, हाथवे इन्भेस्टमेन्ट, रिभर फल्स पावर र सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा सर्वोत्तम सिमेन्टका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो। सर्वोत्तम सिमेन्टमा यस्तो गिरावट आउँदा बोटलर्स नेपाल बालाजु लिमिटेड, सिवाईसी नेपाल लघुवित्त, थ्री स्टार हाइड्रोपावर र किसान लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्