काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुनाव प्रकृया अगाडि नबढाउन आपत्कालीन अन्तरिम आदेश दिएको छ । बैंकको संचालक समिति, बैंकका अध्यक्ष लगायतलाई विपक्षी बनाई प्राडा तारा सापकोटाले हालेको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।
अदालतले बैंकका नाममा कारण देखाउ आदेशसमेत जारी गरेको छ भने छलफलका लागि विपक्षी झिकाउने आदेश दिएको छ ।
उम्मेद्वारहरुको योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटपछि आएको आदेशसँगै २० गतेका लागि तोकिएको निर्वाचन स्थगित भएको छ ।