×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार झिनो अंकले घट्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंगलबार झिनो अंकले घट्यो नेप्से परिसूचक

२० चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक १.८५ अंकले घटेर २०१०.२१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १२ कम्पनीको ६१ लाख ३१ हजार ६ सय २१ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १४ करोड ९८ लाख ८४ हजार ९ सय १ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा गणपति लघुवित्त, उपकार लघुवित्त वित्तीय संस्था, विन नेपाल लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्था र किसान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको १४ करोड ९८ लाख ८४ हजार ९ सय १ रुपैयाँ ३० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सर्वोत्तम सिमेन्ट, तारागाउँ रिजेन्सी होटल, १०% एनआइएमबी डेबेञ्चर २०९०, सुर्यज्योति लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा ज्योति विकास बैंक बोण्ड २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो। ज्योति विकास बैंक बोण्ड २०८७ मा यस्तो गिरावट आउँदा मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर, तारागाउँ रिजेन्सी होटल, मायाखोला हाइड्रोपावर कम्पनी र चिरख्वा हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी