काठमाडौं । नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई इमरजेन्सी फस्टएड वक्सहरु हस्तान्तरण गरेका हुन् ।
सो क्रममा प्रा.डा.अन्सारीले समाजमा शान्ति व्यवस्था, अमनचयन कायम गर्न नेपाल प्रहरीको जति भूमिका रहन्छ त्यत्तिनै नागरिक समाजको पनि रहने बताउँदै मेडिकल कलेज नेपाल प्रहरीसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए ।
दुर्घटना भइहाले घाइतेहरुको तत्काल उद्दार र प्राथमिक उपचारमा इमरजेन्सी फस्टएडको महत्वपूर्ण भूमिका रहन्छ । कलेजले गरेको सहयोग र सहकार्यले दुर्घटनामा हुने मानवीय क्षती कम गर्न सहयोग पुग्ने डिएसपी पाण्डेले बताए ।
हस्तान्तरण कार्यक्रममा कलेजका अस्पताल निर्देशक डा. राजेश किशोर श्रेष्ठ, हस्पिटल डाइरेक्टर प्रा.डा. मोदनाथ मरहठ्ठा, निर्देशक डा. साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योती खड्काको समेत सहभागीता रहेको थियो ।
कलेजले मेडिकल शिक्षा, स्वास्थ्य सेवा र मानवीय सेवामा विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको कलेजले जनाएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने क्रममा आम नागरिकसँग सात्क्षात्कार हुन सहकार्य गर्दै आइरहेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्