काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २२ कम्पनीको ६४ लाख ८१ हजार ८ सय ३४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २५ करोड ८० लाख ५९ हजार १ सय १६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा विन नेपाल लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, सृजनशील लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाईनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २५ करोड ८० लाख ५९ हजार १ सय १६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा सर्वोत्तम सिमेन्ट, गुर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड र पिपुल्स पावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो। रिभर फल्स पावरमा यस्तो गिरावट आउँदा मन्दाकिनी हाइड्रोपावर, बोटलर्स नेपाल (तराई) लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्