काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक २.७३ अंकले घटेर २००४.०५ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २ कम्पनीको ६९ लाख ६३ हजार ३ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको २३ करोड ३२ लाख ९१ हजार ६ सय १२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी, विन नेपाल लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको २३ करोड ३२ लाख ९१ हजार ६ सय १२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सर्वोत्तम सिमेन्ट, सुर्यज्योति लाइफ इन्स्योरेन्स, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थामा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा पिपुल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो। पिपुल्स पावर लिमिटेडमा यस्तो गिरावट आउँदा सर्वोत्तम सिमेन्ट, रिभर फल्स पावर लिमिटेड, इमर्जिङ्ग नेपाल र तेर्हथुम पावर कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्