×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बालेन शाहले एक अर्ब खाए भन्ने महानगरका कर्मचारी पक्राउ

PRIME CA
GLOBAL IME BANK

बालेन शाहले एक अर्ब खाए भन्ने महानगरका कर्मचारी पक्राउ

२२ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन् । मेयर बालेन्द्र शाह (बालेन)ले १ अर्ब रुपैयाँ खाए भन्दै सामाजिक सञ्जालमार्फत अगर्नल प्रचार गर्ने रामप्रसाद पौडेल पक्राउ परेका हुन् । पौडेललाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध सम्मित पोखरेलले साइबर ब्युरोमा जाहेरी दिएका थिए । सामाजिक सञ्जालमार्फत मेयर शाहको चरित्र हत्या गरेको आरोपमा परेको जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पौडेल यसअघि पुष २६ गते महानगरद्वारा निलम्बनमा परेका थिए । हाल पक्राउ परेका पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौँमा साइबर अपराधमा मुद्दा दायर गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: