Skip to content
LAXMI SUNRISE BANK

फागुन महिनामा मूल्यवृद्धिदर ५ प्रतिशत तल झर्यो

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो ८ महिनामा मूल्यवृद्धि दर २.६२ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार फागुनमा उपभोक्ता मूल्य वृद्धिदर ४.८२ प्रतिशत रहेको छ । जबकी गत वर्षको सोही अवधिमा वार्षिक उपभोक्ता मूल्य वृद्धिदर ७.४४ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार यसअवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर ५.९४ प्रतिशत रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मूल्य वृद्धि दर ३.९५ प्रतिशत रहेको छ ।

यसअवधिमा खाद्य तथा पेयर पदार्थ समूहको मरमसला उप-समूहको मूल्यवृद्धि २८.१७, तरकारीको १४.०७, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत रहेको छ ।

त्यस्तै, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ र दुग्ध पदार्थ तथा अण्डाको मूल्यवृद्धि दर ७.११ प्रतिशतले बढ्दा घ्यू तथा तेल उप-समूहको मूल्य वृद्धिदर ११.७९ प्रतिशतले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK