Skip to content
LAXMI SUNRISE BANK

काठमाडौँमा गरिब गणना सुरु

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब गणना सुरु गरेको छ । महानगरले आइतबारदेखि गरिब घरपरिवार गणना सुरु गरेको हो ।

गरिब घरपरिवार गणनाका लागि महानगरपालिकाभित्र २०९ जना गणक खटाइएको महानगरले जनाएको छ । महानगरका अनुसार गरिब घरपरिवार गणनाका लागि २१ जना सुपरिवेक्षक पनि खटाइएको छ ।

यसरी पहिचान गरिएका गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराइनेछ । हालसम्म देशभरका ४९ जिल्लामा गरिब घरपरिवारको परियपत्र वितरण गरिसकिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK