काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ११ कम्पनीको एक करोड १२ लाख १० हजार १ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा नेपाल फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था, मानुषी लघुवित्त वित्तीय संस्था र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः
यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ । यस कम्पनीको ९५ करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा गुर्खाज फाइनान्स, सुर्यज्योति लाइफ इन्स्योरेस, सर्वोत्तम सिमेन्ट, नेपाल फाइनान्स र शिवम् सिमेन्टमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः
यस्तै आइतबारको सेयर बजारमा तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो। तारागाउँ रिजेन्सी होटलमा यस्तो गिरावट आउँदा कालिका लघुवित्त वित्तीय संस्था, ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, सुर्यज्योति लाइफ इन्स्योरेन्स र गणपति लघुवित्त वित्तीय संस्थामा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः