काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस चैत्र २८ गते हुने भएको छ । सभामा आर्थिक सुधारका लागि राजनीतिक प्रतिबद्धता खोजिने भएको छ ।
२०८० चैत्र २८ गते बुधबार ८ः३० बजे तय भएको उद्धघाटन समारोहमा प्रमुख राजनीतिक दलहरुलाई निम्त्याएको छ । यस अघि ९ः३० मा तय भएको उद्घाटन समारोह ८ः३० बजे सारिएको हो ।
साधारणसभामा भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देसिग्नेट संजीव पुरी वक्ताका रुपमा रहेका छन् । सभामा भाग लिन पुरीको नेतृत्वमा भारतीय लगानीकर्ताहरु सहभागी हुने जनाईएको छ ।