×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समस्याग्रस्त नेपाल सेयर मार्केटकको संयोजकमा रोशनकुमार अधिकारी छनौट

PRIME CA
GLOBAL IME BANK

समस्याग्रस्त नेपाल सेयर मार्केटकको संयोजकमा रोशनकुमार अधिकारी छनौट

२८ चैत्र २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकमा रोशन कुमार अधिकारी मुख्य उम्मेदवार छानिएका छन् । मंगलबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले मुख्य उम्मेदवारमा अधिकारी छनौट भएको जानकारी गराएको हो ।

अधिकारीलाई राष्ट्र बैंकले तोकेको परीक्षामा प्राप्त गरेको अंकका आधारमा मुख्य उम्मेदवार छनौट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, राष्ट्र बैंकले फाइनान्स व्यवस्थापन समूहको संयोजक पदमा प्रकाश घिमिरे र गोविन्द प्रसाद शर्मालाई वैकल्पिक उम्मेदवार छनौट गरेको छ ।

मुख्य तथा वैकल्पिक उम्मेदवार छनौट गदै राष्ट्र बैंकले मुख्य उम्मेदवार नियुक्तका लागि बैशाख २ गतेसम्ममा राष्ट्र बैंकमा सम्पर्क राख्नसमेत आग्रह गरेको छ । सो अवधिमा मुख्य उम्मेदवार सम्पर्कमा नआए योग्यताक्रम अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने राष्ट्र बैंकले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: