काठमाडौँ । सरकारले चैत २९ गते (बिहीबार) देशभर सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र (ईद) का अवसरमा बिहीबार सार्वजनिक बिदा दिएको हो ।
सार्वजनिक बिदाबारे गृह मन्त्रालयले सूचना नै जारी गरेर जानकारी दिएको छ । गृहको सूचना अनुसार गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिद दिइएको हो ।
योसँगै भोलि (बिहीबार) देशभर सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, बैंक तथा वित्तीय संस्था र नेप्से पनि बन्द हुने भएको छ ।