काठमाडौँ । आगामी महिनाका लागि बैंकहरुले ब्याजदर सामान्य घटाएका छन् । नयाँ वर्ष २०८१ को बैशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले चैत महिनाको तुलनामा ब्याजदर सामान्य घटाएका हुन् ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार वाणिज्य बैंकहरुमा संस्थागत मुद्धति निक्षेपमा अधिकतम औषत ब्याजदर ०.१३ प्रतिशतबिन्दुले घटेको छ । अर्थात, चैत महिनामा संस्थागत मुद्धति निक्षेपमा ६.०० प्रतिशतबिन्दु रहेको बैंकहरुको ब्याजदर बैशाखमा घटेर ५.८१ प्रतिशतबिन्दु कायम भएको छ ।
त्यस्तै, बैशाखमा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा औषतमा अधिकतम ७.०७ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये बैशाखमा १३ वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर सामान्य घटाएका छन् । त्यस्तै, ५ वाणिज्य बैंकहरुले बैशाखमा चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा एभरेष्ट बैंक र एनएमबि बैंकले भने निक्षेपको अधिकतम ब्याजदर क्रमशः ०.९७ प्रतिशतविन्दु र ०.५ प्रतिशतविन्दुले बढाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्