Skip to content
LAXMI SUNRISE BANK

डिशहोमले ल्यायो ‘डिशहोम मिसन ८१’ योजना, एक वर्षको रिचार्जमा थप १२ महिना निःशुल्क डिशहोम हेर्ने मौका

अर्थ सरोकार

काठमाडौं। डिशहोमले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहकहरुको लागि ‘डिशहोम मिसन ८१’ योजना ल्याएको छ । सो योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन् ।

डिशहोम मिसन ८१ मा डिशहोमका ग्राहकहरुले मात्र रु ३००० मा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै वेसिक प्लसको ३५००, र प्रिमियम लाईफस्टाईलको ४००० मा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिनेछ । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् । फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK