काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन फेरी जेल चलान भएका छन् । अदालतको आदेशअनुसार ४ लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि पुन पुनः जेल चलान भएका हुन् । शुक्रबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश डा. दीपक उप्रेतीको इजलासले पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
अदालतमा भएको तीन दिनको बयान र थुनछेक बहसपछि अदालतले पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेश पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
तर, अदालतको आदेशअनुसार धरौटीबापत ४ लाख रुपैयाँ जम्मा गर्न नसकेपछि उनलाई भैरहवास्थित जिल्ला कारागार चलान गरिएको हो ।
अखिल क्रान्तिकारीका महासचिव समेत रहेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रहरीले रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्