×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेको इन्स्योरेन्सको १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर लिलामीमा आउँदै, क-कसले पाउँछ भर्न ?

PRIME CA

नेको इन्स्योरेन्सको १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर लिलामीमा आउँदै, क-कसले पाउँछ भर्न ?

अर्थ सरोकार

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं । नेको इन्स्योरेन्सले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक सेयर बिक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । कम्पनीको उक्त संस्थापक सेयरमा न्यूनतम मूल्य ३९५ रुपैयाँ निर्धारण गरेको छ । त्यसैले लगानीकर्ताले साे वा साे भन्दा धेरै मूल्य अंकित गरि बाेलकबाेल गर्नुपर्नेछ । । यो सेयरमा लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ । अधिकतम शेयर संख्याको भने हद लाग्ने छैन ।
कम्पनीको उक्त सेयरमा असोज २० गतेदेखि कात्तिक ४ गतेसम्ममा बोलपत्र पेश गरिसक्नुपर्नेछ । यो सेयरमा विद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: