काठमाडौं। बुधबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय १३ कम्पनीको ७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५३ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ। यस कम्पनीको ६३ करोड ३० लाख ९३ हजार २ सय ५८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
त्यस्तै, बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा पोखरा फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा गुराँस लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमोटर सेयरको भएको छ। यस कम्पनीको ६३ करोड ३० लाख ९३ हजार २ सय ५८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा पोखरा फाइनान्स, गुर्खाज फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स पावर र एनआइसी एशिया बैंकमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै बुधबारको सेयर बजारमा माईखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो। माईखोला हाइड्रोपावरमा यस्तो गिरावट आउँदा नबिल डेबेञ्चर २०८५, महिला लघुवित्त वित्तिय संस्था, लक्ष्मी उन्नती कोष र रिभर फल्स पावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्