काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलका सिइओ गणेश राज पोखरेलको ऋण दिने अधिकार आधा कटौती भएको छ । बोर्डले उनले पाइरहेको ऋण दिने अधिकार (अथोरिटी लिमिट)लाई आधा घटाएको हो ।
यसअघि उनले १०० करोडको फाइलसम्म आफ्नो अधिकारमा सदर गर्न पाउँथे । तर सो अधिकारमा जोखिम बढेपछि बैंकको सञ्चालक समितिले सो अधिकारलाई आधाले घटाएर ५० करोड बनाएको हो ।
सञ्चालक समितिको निर्णयमा सञ्चालकहरुकै राय भने फरक छ । केही सञ्चालकहरू यसअघिका अध्यक्षले सिइओ माथि थोपरेको जोखिम कम गरेर सीईओलाई सजिलो बनाइदिएको दाबी गर्छन् भने केही सञ्चालक भने सिइओले जोखिमपूर्ण फाइलमा ८० करोड हाराहारी लगानी गर्न खोजेपछि सो निर्णय गर्नुपरेको दाबी गर्छन् ।
‘सीइओ पोखरेलले ८० करोड हाराहारीको एउटा जोखिमपूर्ण फाइल सदर गर्न खोजेको विषय उठेपछि सो निर्णय लिएका हौँ ।’ बैंकका एक सञ्चालकले अर्थ सरोकारसँग भने, ‘कतै नभएको लोन लिमिट सिटिजन्स बैंकका सीइओलाई दिईएको रहेछ । यसमा हामीले आधा कटौती गरेका छौँ।’
यता बैंकका अर्का सञ्चालक भने सिइओको अधिकार कटौती गरेर सीईओलाई नै सजिलो बनाइदिएको दाबी गर्छन् । ‘बैंकमा हुने नहुने धेरै काम भएको रहेछ । एउटा सीईओलाई १०० करोडको अधिकार दिएर सञ्चालक समिति जोखिमबाट पन्छिन खोजेको हो कि भन्ने एङ्गलबाट पनि बहस भयो । त्यसपछि उनको अधिकार कटौती गरिएको हो । अव ५० करोडभन्दा माथिका फाइल सञ्चालक समितिले हेर्छ ।’
ती सञ्चालकका अनुसार सिटिजन्स बैंकमा सिइओको टाउकोमा बन्दुक राखेर कोही अरुले त्यसको लाभ लिन खोजेको थाहा भएपछि यस्तो निर्णय गरिएको हो । ‘एक सञ्चालकको योग्यतामै प्रश्न छ । एक सञ्चालक सञ्चालक बस्न अयोग्य हुनुभएपछि बिदा हुनुभयो । करोडौँको गाडी बैंकको नाममा किनेर, सेटिङमै अर्कोले किनेको जस्तो देखाएर पुन: बैंककै पूर्व सञ्चालकका आफन्तले लगेका छन् । भित्री फन्डा त कति हो कति छन् । यो सबै कुराको रिस्क र अपजस सिइओ माथि थोपर्ने काम भएको छ । त्यसैले हामीले सकेसम्म सिइओ जोगाइदिन खोजेका हौँ ।’
यता सिइओ पोखरेललाई यस विषयमा बुझ्न खोज्दा भने उनी सम्पर्कमा नै आउन चाहेनन् । सिइओ पोखरेलको नेता शैलीको पछिल्लो भाषण यतिबेला बैंकिङ क्षेत्रमा चर्चामा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्