×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Artha Sarokar

१४ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको छैटौँ दिन शुक्रबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन, आज १४ सय रुपैयाँले बढेर १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य १ लाख १७ हजार ६ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य १ लाख १७ हजार ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ३६ रुपैयाँ कायम रहेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी