×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तत्कालीन मेगा बैंकका एचआर मेनेजरले बैंक मर्ज भएपछि बैंकिङ नै छोडे, अव ‘बुवा केयर’को प्रबन्ध निर्देशक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

तत्कालीन मेगा बैंकका एचआर मेनेजरले बैंक मर्ज भएपछि बैंकिङ नै छोडे, अव ‘बुवा केयर’को प्रबन्ध निर्देशक

Artha Sarokar

१९ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । तत्कालीन मेगा बैंकमा एचआर विभागका मेनेजर शंकर पोखरेलले बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा गएपछि बैंकिङ नै छोडेका छन् । बुवा केयरको प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै उनले बैंकिङ नै छोडेका हुन् ।
१६ वर्षको बैंकिङ यात्रालाई पूर्णविराम दिँदै  पोखरेल विशेष गरी ५५ वर्ष देखि माथि उमेर समूहका नागरिकहरूलाई लक्षित गरी उनीहरूको स्वास्थ्य, मनोरञ्जन तथा प्रमुख तीर्थस्थल दर्शन गराउने र शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ बनाउने उद्देश्यले स्थापित कम्पनी बुवा केयरको प्रबन्ध निर्देशकमा नियुक्त भएका हुन् ।
‘१६ बर्ष बैंकिङ गरें, अव बृद्ध बाहरुको सेवा गर्छु ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पोखरेलले भने, ‘१६ बर्षको बैंकिङ अनुभवमा कुनै गुनासो छैन ।’
पछिल्लो समय बैंकिङ छोडेर आफ्नै व्यवसाय गर्ने र विदेश जानेहरुको संख्या ह्वात्तै बढेको छ । ‘अव अहिले आएर विदेश पलायन हुने सोच छैन । आफ्नै भूमिमा आफ्नै नेपाली ‘बुबा’हरुको सेवा गर्छु ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै पोखरेलले भने, ‘काम नयाँ छ, जिम्मेवारी नयाँ छ । तर यसमा निकै खुसी छु ।’
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी