काठमाडौँ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली श्रमिकहरुको आन्दोलनले ठूलो राजनीतिक परिवर्तन ल्याएको बताएका छन् । शुक्रबार काठमाडौँमा ‘मे’ दिवसको अवसरमा आयोजित श्रमिकका सवाल र अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री श्रेष्ठले नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि निश्चयपनि नेपालको कामदार र श्रमिक वर्गका लागि आन्दोलनहरु भएको उल्लेख गरेका छन् ।
उनले भने, ‘नेपाली श्रमिकहरुको हक, अधिकार र संरक्षणका लागि गम्भिर छलफल गर्नुपर्ने र एउटा यथार्थपरक निष्कर्षमा पुगेर त्यसलाई लागु गर्न संघर्ष वा प्रयत्न गर्नुपर्ने आवश्यकता छ । नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपछि निश्चयपनि नेपालको कामदार र श्रमिक वर्गका लागि आन्दोलनहरु भएका छन् । तीनै संघर्षहरुको परिणामले नेपालमा ठुलो राजनीतिक परिवर्तन भएको छ ।’
नेपालमा भइरहेको राजनीतिक परिवर्तनले आम नेपाली जनता र श्रमिक वर्गलाई दिएको अधिकारको रक्षाका निम्त संधै संघर्ष र प्रयत्न गर्नुपर्ने आजको आवश्यक्ता भएको उनको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्