Skip to content
LAXMI SUNRISE BANK

बढी भाडा लिने ट्याक्सीचालकहरु प्रहरी फन्दामा

अर्थ सरोकार

काठमाडौँ । रूपन्देहीमा बढी भाडा लिने ट्याक्सीचालकहरू प्रहरीको फन्दामा परेका छन् । रूपन्देहीमा यात्रुसँग तोकिएभन्दा बढी भाडा लिने ट्याक्सीचालकहरू जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीको फन्दामा परेका हुन् ।

ट्याक्सीचालकहरूले यात्रुसँग चाहिने भन्दा धेरै रकम लिएको सूचना प्राप्त गरेपछि ट्याक्सी सहित उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० मनोहर प्रसाद भट्टका अनुसार लु १ ज २७६३, लु १ ज २७४१, लु १ ज २४९८, लु १ ज २३४३, लु १ ज ४०६१, लु १ ज ३८९५ र लु १ ज ३२६३ नम्बरका ट्याक्सी प्रहरीको नियन्त्रणमा छन् ।

उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK