×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकाको बेरोजगारी दर ३.९ प्रतिशत कायम

GLOBAL IME BANK

अमेरिकाको बेरोजगारी दर ३.९ प्रतिशत कायम

२३ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको बेरोजगारी दर ३.९ प्रतिशत कायम भएको छ । अमेरिकी श्रम विभागको तथ्यांक अनुसार अप्रिलमा अमेरिकी बेरोजगारी दर ३.९ प्रतिशत कायम भएको हो ।

अप्रिलमा अमेरिकी रोजगारदाताहरूले अपेक्षा गरेभन्दा १ लाख ७५ हजार कम जागिर थपेका छन् ।

विभागको श्रम तथ्यांक अनुसार स्वास्थ्य सेवा, सामाजिक सहायता, यातायात र भण्डारणमा रोजगारी प्राप्त भएको छ । कुल गैरफार्म पेरोल रोजगारी अप्रिलमा १ लाख ७५ हजारले बढेको छ । जुन अघिल्लो १२ महिनामा २ लाख ४२ हजारको औसत मासिक लाभ भन्दा कम छ ।

विभागका अनुसार फेब्रुअरीमा बेरोजगारी दर बढेर ३.९ प्रतिशत पुगेको छ । यो दुई वर्षको उच्चतम् स्तर हो ।

त्यस्तै, मार्चमा अमेरिकी बेरोजगारी दर ३.८ प्रतिशत रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: