×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

LAXMI SUNRISE BANK

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमित संख्या कति पुग्यो ?

१२ आश्विन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

तनहुँ। गण्डकी प्रदेशमा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार तनहुँका ८ जना, नवलपुरका ७ जना गोरखा, लमजुङ र स्याङ्जाका एक–एक जनालाई कोरोना संक्रमण पुष्टी भएको हो। 
तनहुँमा फेला परेका सबै संक्रमित व्यास नगरपालिकाका हुन् । त्यस्तै नवलपुरस्थित गैडाकोटका चार जना, कावासोतीका दुई जना र देवचुलीका एक जना रहेका छन्। 
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपुरका सबैजना आइसोलेसनमा छन् । स्याङ्जाका संक्रमित मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत छन् । अन्य सबै कन्ट्र्याक ट्रेसिङका क्रममा संक्रमित भेटिएका हुन् । 
सोमबार थपिएका संक्रमित सहित गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या तीन हजार ७ सय ९५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म दुई हजार ६ सय ८९ जना निको भएका छन् । प्रदेशमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी