×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स लाइफको लाभांश ‘अवैध’ ठहर, तत्काल रद्ध गर्न बीमा प्राधिकरणको निर्देशन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिटिजन्स लाइफको लाभांश ‘अवैध’ ठहर, तत्काल रद्ध गर्न बीमा प्राधिकरणको निर्देशन !

Artha Sarokar

२४ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश अवैध ठहर भएको छ । बीमा प्राधिकरणबाट स्वीकृत नलिई लाभांश घोषणा गरेको भन्दै प्राधिकरणले लाभांश रद्ध गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार कम्पनीले प्राधिकरणको पूर्व स्वीकृति बिना नै अन्तरिम लाभांश प्रस्ताव गरेकोले लाभांश स्थगन गर्न पत्र पठाइएको छ । उनका अनुसार  एउटै आर्थिक वर्षमा दुई पटक लाभांश वितरण गर्न पाइदैन ।

सिटिजन लाइफ इन्स्योरेन्सको वैशाख २३ गते बसेको संचालक समितिको बैठकले हाल कायम सेयर प्रिमियमबाट अन्तरिम लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । कम्पनीले हाल कायम चुक्ता पुँजीको २६.९८४१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त लाभांशलाई बीमा प्राधिकरणले स्वीकृति नदिने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी