काठमाडौँ । नेपाली १ हजार दरका १८ थान नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा छेडागाडा नगरपालिका १० काफ्ला बस्ने ३२ वर्षीया विपना बुढा रहेकी छिन् ।
इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले सोमबार बिहान उक्त महिलालाई छेडागाडा नगरपालिका ५ थलह बजारबाट नक्कली नोटसहित पक्राउ गरेको हो ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कसरी चिन्ने सक्कली र नक्कली नोट ?
नक्कली नोट र सक्कली नोटमा धेरै फरक हुने भएकाले छुट्याउन धेरै गाह्रो हुँदैन । सक्कली नोट खस्रो हुन्छ । साथै अंकहरुसमेत केही उठेका हुन्छन् । छाम्दाखेरी चिल्लो छ र अंकहरु उठेका छैनन् भने त्यो नोट नक्कली हो । सक्कली नोटको बीच भागमा सुरक्षा धागो हुन्छ । नोटलाई उज्यालोतिर फर्काएर हेरेमा नेपाल राष्ट्र बैंक लेखिएको पढ्न सकिन्छ ।
नक्कली नोटमा राखिएको सुरक्षा धागोले नोटका अक्षरहरु छोपिएका हुन्छन् ।नक्कली नोटका कारोबारीहरुलाई ५ वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने मुलुकी अपराध संहिताको दफा २५६ मा व्यवस्था छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्