काठमाडौँ । पठाओ नेपालले कार प्लस सुविधा सुरु गरेको छ । ५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरु गरेको हो ।
कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गरेको हो । पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो फिचर ल्याएको हो । नयाँ फिचर कुनै पनि पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ ।
कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसी सहित फराकिलो सिट सुविधा सहित हुने पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेयतले जानकारी दिएका छन् ।
यो फिचर हालको लागि काठमाडौँ उपत्यकामा मात्र लागू गरिएको र बाँकी सहरहरूमा समय अनुकुल विस्तार गरिने बस्नेयतको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्