Skip to content
LAXMI SUNRISE BANK

मातातीर्थ औँशीको अवसरमा धुलिखेल जिपलाइनमा ५० प्रतिशत छुट, अफर तीन दिनसम्म रहने

अर्थ सरोकार

काठमाडौँ । धुलिखेल जिपलाइनले मातातीर्थ औँशीको अवसरमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । आमाको मुख हेर्ने दिनको अवसरमा जिपलाइनले आमासँगै जाने छोराछोरी र आमालाई जिपलाइनमा ५० प्रतिशत छुट दिने भएको हो ।

आमाले मात्र जिपलाइन खेल्दा पनि छुट पाइने कम्पनीले जनाएको छ । छुट अफर बुधबारदेखि तीन दिनसम्म रहनेछ ।

वर्ल्ड-वाइड एडभेन्चर प्रालिले धुलिखेलमा सञ्चालित जिपलाइनमा क्लासिक जिपलाइन, उडेझैं खेल्न मिल्ने सुपरम्यान जिपलाइन र टेण्डम (दुई जनासँगै खेल्न मिल्ने) जिपलाइन सञ्चालन गरिरहेको छ ।

सुपरम्यान र टेण्डम जिपलाइन भने नेपालमै पहिलोपटक धुलिखेलमा सुरु गरिएको हो । धुलिखेल पुगेर जिपलाइनमा रमाउन चाहने आमा तथा छोराछोरीले छुटको अवसर प्राप्त गर्नेछन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK