Skip to content
LAXMI SUNRISE BANK

असार मसान्तभित्र त्रिविले सबै पुरानो नतिजाहरु प्रकाशित गर्ने

अर्थ सरोकार

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले बाँकि सबै पुरानो परिक्षाको नतिजा आसर मसान्तभित्र प्रकाशित गर्ने भएको छ । परिक्षा दिएको लामो समयदेखि नतिजा प्रकाशित नगरेको टियुले असार मसान्तभित्र सबै नतिजा प्रकाशित गर्ने जनाएको हो।

कर्मचारी अभावले समयमा नतिजा प्रकाशन गर्न नसकेको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

पुराना सबै विषयका नतिजा असारसम्म प्रकाशित गर्ने तयारी भईरहेको त्रिविका रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले बताएका छन् । उनले भने,’पुराना सबै नतिजा असारभित्र प्रकाशित गर्ने गरी तयारी गरेका छौँ । ढिलोमा असारभित्र पुरानो परीक्षाको नतिजा प्रकाशित हुन्छ।’

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK