काठमाडौँ । सूर्यज्योति लाइफले सुविधायुक्त डाइनामिक क्यूआर सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्ना प्रविधिमैत्री सेवाहरूलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरूका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाइनामिक क्यूआर पेमेन्ट सिस्टम सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अनुसार डाइनामिक क्यूआर पेमेन्ट सिस्टमको उपयोगले बिमितहरूले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन् । उक्त भुक्तानीको नोटिफिकेसन र अन्य विवरण मोबाइल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको छ ।
डाइनामिक क्यूआर पेमेन्ट सिस्टममा विभिन्न बैंकको नियमानुसार अधिकतम रु ३ लाख सम्मको भुक्तानी गर्न मिल्ने सुविधा रहेको र फोन पेको माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा केनेक्ट आईपीएस एप लगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री भन्छन्, ‘अरु क्षेत्रमा डाइनामिक क्युआर पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमा क्षेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकका लागि फरकफरक क्युआर बन्ने र भुक्तानी गर्नासाथ आफैँ सिस्टममा अपडेट हुने यसको विशेषता हो । यस डाइनामिक क्युआर पेमेन्ट सिस्टमको मद्दतले सेवाग्राहीले घरमै बसी आफ्नो मोबाइल अथवा सूर्यज्योति लाइफको वेबसाइट मार्फत आफ्नो विवरण भरि डाइनामिक क्युआर प्राप्त गर्ने र सो डाइनामिक क्युआर सिस्टम गरि छिटो छरितो रूपले बीमाशुल्क भुक्तानी गर्न सक्नुका साथै भुक्तानीको विवरण सेवाग्राहीले तुरुन्तै एसएमएस मार्फत प्राप्त गर्न सक्नेछन् ।’
यो सुविधा लिन बिमितहरूले देशभरी रहेका १७८ शाखा कार्यालयहरू वा आफैले घरमै बसेर सूर्यज्योति लाइफको वेबसाइटमा गई सर्भिस अप्सनमा आफ्नो बीमालेख र पोलिसी नम्बर राखी सजिलै लिन सक्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्