काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता लिन उच्चस्तरीय छानबिन समिति बनाएर अगाडि बढ्ने बताएकी छिन् । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले यस्तो बताएकी हुन् ।
उनले जग्गा फिर्ता ल्याउन छानबिन समिति गठन गर्ने भन्दै उनले विद्यार्थीहरुको नतिजा प्रकाशन लगायतको समस्यामा त्रिविको टिमले काम गरिरहेको उल्लेख गरेकी छिन् ।
‘त्रिविको जग्गाको विषयमा मैले देखेको एउटा उच्चस्तरीय छानबिन समिति बनाएर अगाडि बढ्न सकिन्छ जस्तो लागेको छ । त्यसका काम अगाडि बढाउदै छौँ । अर्को विद्यार्थीहरुको नतिजा समयमा नहुने भन्ने विषयमा पनि त्रिविको टिमले काम गरिरहेको छ । हामीले विद्यालय शिक्षा र उच्च शिक्षाको जुन ग्यापहरु हुन्छ, त्यसको बारेमा पनि समन्वयमा काम गरिरहेका छौँ ।’, उनले भनिन्, ‘त्यसपछि शैक्षिक क्यालेन्डर उच्च शिक्षाको मात्र होइन, १२ को परीक्षासँग पनि समन्वय गरेर जान सकिन्छ कि भनेर काम गर्दैछौँ ।’
त्रिभुवन विश्वविद्यालयले अतिक्रमणमा परेको आफ्नो जग्गा न फिर्ता लिन सकेको छ न त भाडा उठाउन । बारम्बार सञ्चारमाध्यममा उक्त विषयले स्थान पाएपछि मन्त्री श्रेष्ठको ध्यानाकर्षण भएको हो ।
उनले शिक्षा क्षेत्र व्यवस्थित राख्न काम भइरहेको बताइन । मन्त्रालय निर्देशिका तयारीमा जुटेको जानकारी उनले बताइन । जुन निर्देशिकाअन्तर्गत स्कुल र कलेजहरु सञ्चालन हुन्छ । त्यसमा मन्त्रालयको विषय भनेको निगरानीको भएको उनको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्