काठमाडौँ । पछिल्लो ९ महिनामा नेपालबाट १२ करोड बढीको कुरकुरे, कुरमुरे लगायतका वस्तु निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो ९ महिनाको तथ्याङ्कअनुसार नेपालबाट १२ करोड ८१ लाख रुपैयाँको कुरकुरे, कुरमुरे, लेज र चिजबल निर्यात भएको हो ।
विभागका अनुसार यसअवधिमा नेपालबाट सबैभन्दा धेरै कुरकुरे र कुरमुरे लगायतका वस्तु भुटान निर्यात भएको छ । यस अवधिमा नेपालबाट ४ करोड ५९ लाख रुपैयाँको कुरकुरे, कुरमुरे, लेज र चिजबल निर्यात भएको छ ।
त्यस्तै, अस्ट्रेलियामा १ करोड ८१ लाख, भारतमा १ करोड ७८ लाख, इजरायलमा १ करोड १४ लाख र इटालीमा १ करोड ७९ लाख रुपैयाँको कुरकुरे र कुरमुरे लगायतका वस्तु निर्यात भएको छ ।
विभागको तथ्याङ्कअनुसार यी बाहेक अमेरिका, बेलायत, कतार, दुबई, ओमान, मलेसिया, जर्मनी, क्यानडा तथा हङकङ लगायत देशहरुमा नेपालबाट कुरकुरे, कुरमुरे, लेज र चिजबल निर्यात हुँदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्