काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लेखापरीक्षकहरु राष्ट्रको आर्थिक पहरेदार रहेको बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)द्वारा काठमाडौँमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको धारणा व्यक्त गरेका छन् ।
‘मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा पनि लिन सकेका छौँ । हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम् धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो ।’, उनले भने, ‘तसर्थ, न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहनुभएका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुनुहुन्छ ।’
त्यस्तै, राष्ट्रपति पौडेलले पारदर्शिता र सुशासन एक अर्काका पूरक भएको पनि बताएका छन् ।
लेखापरीक्षकहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापहरूमा पारदर्शिता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्दै उनले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर्ड एकाउन्टेन्ट्सको विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण हुने धारणा राखेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्