काठमाडौं । पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकार पदबाट राजीनामा दिएका छन् । एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार एक विज्ञप्ति जारी गरी नेपालले दिएको राजीनामा राष्ट्रपतिले स्वीस्कृत गरेको जानकारी दिएकी हुन् ।
गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।
चिरञ्जीवी नेपालले भारतसँग वार्ता भइरहेको बेला नयाँ नक्सा नोटमा राख्नु गलत भएको अभिव्यक्ति दिएका थिए ।