×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकका ग्राहकले फिट लाइफ क्लबमा विशेष छुट पाउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कुमारी बैंकका ग्राहकले फिट लाइफ क्लबमा विशेष छुट पाउने

Artha Sarokar

३१ बैशाख २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। कुमारी बैंक लिमिटेड र टीकापुर, कैलाली स्थित फिट लाइफ क्लबबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई फिट लाइफ क्लबबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो फिट लाइफ क्लबबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा टीकापुर, कैलालीमा रहेको सो क्लबमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५१ एक्सटेन्सन काउन्टर तथा ६५ शाखा रहित बैंकिङ इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी