काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा आज नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २० कम्पनीको ९८ लाख ५५ हजार २ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८८ करोडमाथिको सेयर कारोबार भएको छ ।
मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो ।
त्यसैगरी आज हिमालय उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४.६४ प्रतिशतले घटेको छ ।