काठमाडौँ । हिमालयन लघुवित्त वित्तीय संस्थाले १ लाख ५८ हजार रुपैयाँ बीमा दावी रकम भुक्तानी गरेको छ । लघुवित्तले मकवानपुर जिल्ला बाग्मती गाउँपालिका वडा नं ८ कायर टोलमा रहेको केन्द्र नं ११७ की सदस्य गङ्गा माया रुम्बाको श्रीमान् देउराम रुम्बाको मृत्यु पश्चात निज सदस्यलाई बीमाको क्षतिपुर्ति रकम भुक्तानी गरेको हो ।
सदस्य गङ्गा माया रुम्बाले संस्थाबाट ५ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । सदस्यको श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बीमा अन्तर्गत दिइने काजक्रिया खर्च २५ हजार रुपैयाँ तथा तिरेको किस्ता रकम १ लाख ३३ हजार समेत फिर्ता गरी जम्मा रकम १ लाख ५८ हजार निज सदस्य गङ्गा माया रुम्बालाई एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक सरोज ढकालले जानकारी दिएका छन् ।
संस्थाले आफ्ना ग्राहक सदस्यहरूको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरूलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्य अनुरूप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दु:खको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराई दिएको भन्दै कायर टोलका भद्रभलादमीको संस्थालाई आभार व्यक्त गरेका छन् ।
त्यस्तै, श्रीमान गुडाउनुको पीडा त छँदै छ यस्तो अवस्थामा कर्जा मिनाहा गरि क्रियाकर्म र समयमा बीमा बापतको रकम उपलब्ध गराई आफ्नो पीडामा मलमपट्टी संस्थाले लगाएको सदस्य गङ्गा माया रुम्बाले बताइन् ।
रकम प्रदान कार्यक्रममा शाखाको तर्फबाट शाखा प्रबन्धक सरोज ढकाल, शाखाका कर्मचारी सन्तोष कुमार गौतमको उपस्थिति रहेको थियो भने केन्द्र नं ११७ की सदस्यहरू र भद्रभलादमीको उपस्थिति पनि रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्