×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसेलले ल्यायो फाइभजी भिजनमा आधारित नयाँ योजना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनसेलले ल्यायो फाइभजी भिजनमा आधारित नयाँ योजना

Artha Sarokar

३ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । एनसेलले नयाँ योजना ल्याएको छ । एनसेलले फाइभजी भिजनमा आधारित हुँदै आकर्षक योजना ल्याएको घोषणा गरेको हो । 

अब ग्राहकहरूले अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने समस्याका झेल्नु पर्ने छैन । ‘सधैं अन’ नाम रहेको यस योजनाको मुख्य औचित्य भनेको नेपाली ग्राहकहरूलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डटा सधैँ अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डोर्याउनु हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशन जाब्बोर कायुमोभले भने, ‘उपभोक्ताका आवश्यकताहरू परिवर्तन हुँदैछन्, र धेरै मोबाइल फोन प्रयोगकर्ताहरूले आफ्ना दैनिक कार्यहरू जस्तै किनमेल, यात्रा, बैंकिङ कारोबार लगायतका कार्यहरू अनलाइनबाटै गर्ने भएकोले उनीहरूलाई ‘सधैं अन’ अर्थात अनलाइन बस्न इन्टरनेट धेरै आवश्यक छ।’

नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकहरु सरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुर्याउनु यो योजनाको अवधारणा रहेको छ । हाल चाहे त्यो एनसेल होस् वा नेपालका अरु सेवा प्रदायकका प्लानहरु हुन् इन्टरनेटमा कनेक्टेड रहँदा ग्राहकहरूको जानकारी बिना स्मार्टफोनमा रहेका विभिन्न एप्सले डेटा उपयोग वापत ब्यालेन्स कटाइदिर्ई रहेको हुन्छ । यहि समस्यालाई एनसेलले तत्काल समाधान गर्न चाहेको छ । ‘सधैं अन’ मार्फत एनसेल ग्राहकहरूका ब्यालेन्स खतम हुने समस्या समाधान गर्न प्रतिवद्ध रहेको र ग्राहकहरूका सुझावहरूलाई विषेश ध्यानमा राखेर डेटा प्याकेजहरूलाई सरल बनाउँदै पाँच दर्जन बढि त्यस्ता डेटा प्याकेजहरूलाई २० वटामा झारेको छ ।

वास्तवमा यो योजनाको अझ ठूलो उद्देश्य भनेको नेपाली ग्राहकहरूलाई फाइभजीका लागि तयार पार्नु रहेको छ ।

‘फाइभजी ताररहित प्रविधिको भविष्य हो र यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० वटा भन्दा बढी देशहरूमा यो प्रविधि पहिले नै आइसकेको छ । हामी चाहन्छौँ भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस् । तर त्यसका लागि हामीले एउटा महत्वपूर्ण पहिलो कदम चाल्नुपर्छ, र त्यो हो, प्रत्येक नेपालीले आफ्नो मोबाइल फोन उत्पादक रूपमा प्रयोग गर्न थाल्नुपर्छ, यसको मतलब, तपाईँको डेटा ‘सधैं अन’ हुनुपर्छ’, कायुमोभले भने ।

फाइभजीको अर्थ केवल दु्रत इन्टरनेट मात्र होइन, यसको वास्तविक अर्थ भनेको अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता हो जसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटन लगायतका क्षेत्रहरूको विकासमा महत्वपूर्ण प्रभाव पार्न सक्छ । यसले नै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्दछ ।

मोबाइल ब्रोडब्यान्ड स्पीडमा नेपाल अहिले विश्वको १०९ औं स्थानमा छ । सन् २०२६ सम्ममा नेपाल विश्वको शीर्ष ५० मा पर्न सफल होस् भन्ने चाहना एनसेलले राखेको छ । 

नेपाली मोबाइल फोन प्रयोगकर्ताहरूको आवश्यकता र माग बढ्दै गए पनि दैनिक डेटाको उपयोग एकदमै न्यून ६-१० मध्ये २ जना मात्रै नेपालीले नियमित रूपमा मोबाइल डाटा प्रयोग गर्छन् । साथै, औसत प्रति ग्राहक प्रति महिना डाटा खपत मात्र ४ जीबी रहेको छ, जुन अन्य छिमेकी देशहरूको तुलनामा कम हो ।

‘सधैं अन’ मा के छ?

एनसेलको ‘सधैं अन’ अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरि ३ वटा समुहमा ८ वटा विभिन्न आकर्षक प्लानहरु सञ्चालनमा ल्याएको छ । यसमा ७ दिनको समयसीमा हरेको रु ९८ बाट सुरु हुने प्याक देखि २८ दिन समयावधि रहेको रु १४९९ पर्ने सम्मको विभिन्न प्लानहरु रहेका छन् । हरेक प्लानमा डेटा, अल नेपाल कल टक टाइम र अल नेपाल एसएमएसको बण्डलिङ्ग रहेको छ र यी प्लानहरु ग्राहकलाई विद्यमान शुल्क भन्दा दुई गुणा सस्तो शुल्कमा उपलब्ध हुन्छ । यसका साथै ‘सधैं अन’सुचारु गर्नुहुने ग्राहकले सामाजिक सञ्जाल प्रयोगको लागि नि:शुल्क डेटा पनि प्राप्त गर्दछन्। 

उदाहरणका लागि यदि कुनै ग्राहकले रु ९९ को बेसिक प्लान सुचारु गरेमा ग्राहकले २ जीबी डेटा, १ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४९ मिनेट अल नेपाल कल टक टाइम र ४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो ७ दिनको लागि मान्य रहनेछ । त्यस्तैगरी रु ४९९ को बेस्ट प्लान सुचारु गर्ने ग्राहकले १२ जीबी डेटा, ५ जीबी निःशुल्क सोसल मिडिया डेटा, ४४९ मिनेट अल नेपाल कल टक टाइम र ४४९ वटा अल नेपाल एसएमएस प्राप्त गर्नेछन् र यो २८ दिनको लागि मान्य रहनेछ ।

आफ्नो आवश्यकता अनुसार धेरै डेटा तथा टक टाइम प्रयोग गर्ने ग्राहकका लागि एनसेलले ठूलो भोलुम भएको डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइम रहेको प्लानहरु पनि ल्याएको छ । उदाहरणका लािग यस प्लान अन्तर्गत रु १४९९ को प्याक सुचारु गर्ने ग्राहकले १०० जीबी डेटा, १५ जीबी निःशुल्क सोसल मिडिया डेटा र अनलिमिटेड अल नेपाल कल टक टाइमको सुविधा लिन पाउँछन् । यो प्याक अन्तर्गतको सेवाहरू २८ दिनको लागि मान्य रहन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी