काठमाडौं। स्पार्क कारले शुक्रबार ‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रिया आयोजना गर्ने भएको छ ।
कम्पनीले पर्यटनमा विश्वको अवस्था, पर्यटन तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले गरेका काम, यसको चुनौती र सम्भावना लगायतमा छलफल हुने स्पार्क कारका कार्यक्रम संयोजक अमरदीप भट्टराईले बताए ।
स्पार्क कारले आयोजना गर्न लागेको कार्यक्रममा विशेष गरी नेपाल विश्वमा कार्बन कम उत्सर्जन गर्ने मुलुकका रुपमा रहेकाले अझै यसलाई बढाउनका लागि नवीकरणीय ऊर्जा र यसको सम्भावनाबारे बृहत अन्तरक्रिया गर्न लागिएको हो ।
अन्तरक्रियामा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, गभर्नर महाप्रसाद अधिकारी, साइमेक्स इंक प्रालिका सिईओ साहिल श्रेष्ठ, वातावरणविद् भुषण तुलाधरबीच छलफल हुनेछ । जसको संयोजन पत्रकार जगदिश खरेलले गर्नेछन् ।
कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाहरू, सरकारी, गैरसरकारी, कुटनीतिक नियोग, बहुराष्ट्रिय कम्पनी, कर्पोरेट तथा वातावरणविद् लगायतका प्रतिनिधि सहित २ सय जना सहभागी रहनेछन् ।
अन्तरक्रिया कार्यक्रममा नविकरणीय ऊर्जाको पूर्वाधार विकास कुन अवस्थामा छ, यसको सामाजिक अवस्था, नेपालमा यसको चुनौतिलाई कसरी चिर्ने, चुनौतीलाई पार लगाउन निजी क्षेत्र, सरकार, विज्ञ वा सरोकारवालाहरूको भूमिका कस्तो आवश्यक हुन्छ भन्ने बारे छलफल हुने भट्टराईले बताए ।
स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा कम्पनीको सबै सेवाका लागि विद्युतीय सवारी मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारले आयोजना गरेको यस कार्यक्रमलाई विवाईडी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु बैंक तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले सहयोग गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्