×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिहीबार झिनो अंकले बढ्यो नेप्से परिसूचक

Artha Sarokar

३ जेष्ठ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं। साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय १५ कम्पनीको ८२ लाख ८२ हजार ५ सय ५६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब २३ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार सीइडीबी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४३ करोड ९० लाख ५७ हजार ७ सय ३४ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ ।

बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी