काठमाडौँ । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बिहीबार अपरान्ह बैठक सुरु गर्ने बित्तिकै कांग्रेसले विरोध गरेपछि बैठक स्थगित भएको हो ।
बैठक शुक्रबार ४ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी स्थगित भएको छ ।
राष्ट्रिय सभाको बैठकमा पनि नेपाली कांग्रेसका सांसदहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेका थिए ।
तर, सत्तापक्षले भने कुनै व्यक्ति विशेषलाई नभएर समग्र सहकारी क्षेत्रबारे छानबिन समिति बनाउन सकिने बताएको छ ।