Skip to content
LAXMI SUNRISE BANK

कांग्रेसको चर्को नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित

अर्थ सरोकार

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बिहीबार साँझ ६ बजे बसेको बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको हो ।

बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसदहरुले बैठकमा विरोध जनाएका थिए ।

बैठकमा कांग्रेसका सांसदहरुले ‘सहकारी ठगलाई कारबाही गर’, ‘सहकारी पीडितलाई न्याय दे’, संसदीय छानबिन समिति गठन गर’ लगायतका नारा लगाएका थिए ।

बैठकमा उनीहरुले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK