काठमाडौँ । नेपाल राष्ट्र बैंकले घरजग्गा कर्जामा खुकुलो नीति भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत घरजग्गामा प्रवाह हुने ऋणमा खुकुलो नीति लिएको हो ।
राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा ऋण लिँदा कर चुक्ता प्रमाण पेश गरेमा ऋण भुक्तानी आम्दानी अनुपात ७० प्रतिशत कायम गरिने नीति लिएको छ ।
‘घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ ।’, मौद्रिक नीतिको समीक्षामा उल्लेख छ ।
योसँगै अब घरजग्गा कारोबार गर्नेहरुले आफ्नो आम्दानीको ७० प्रतिशत किस्ता हुन आउने गरी बैंकबाट ऋण लिन पाउनेछन् । यसअघि आम्दानीको ५० प्रतिशत किस्ता हुन आउने गरी बैंकबाट ऋण लिन पाउने व्यवस्था रहेको थियो । राष्ट्र बैंकको यस्तो नीतिले घरजग्गा कारोबार बढ्ने विश्वास गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्