काठमाडौं। नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले घिमिरेलाई चार वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।
घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी बजारमा एक दशकभन्दा लामो अनुभव रहेको छ । नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि उनले एनआईसी एशिया क्यापिटल, सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा गरि १० वर्ष भन्दा बढी समय कार्यसम्पादन गरेका छन् ।
घिमिरेले एफसीसीए साथै काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) बाट इएमबिए पनि गरेका छन् । घिमिरेको विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फन्ड, इस्यु म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू प्रोडक्ट डिजाइन र सञ्चालनमा विज्ञता रहेको छ ।
नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरूको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैंकिङको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो ।
कम्पनीले पुँजी बजारका असीमित सम्भावनाहरू तथा यसको बहुआयामिक पक्षहरूको अध्ययन गरि नेपाली लगानीकर्ताहरूलाई सुरक्षित तथा लाभदायक लगानीका अवसरहरू प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता सञ्चालन सेवा प्रदान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्