×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिममा ‘चिट काटेरै ४ करोड बढी राजस्व संकलन 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सुदूरपश्चिममा ‘चिट काटेरै ४ करोड बढी राजस्व संकलन 

Artha Sarokar

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सुदूरपश्चिममा ट्राफिक प्रहरीले चिट काटेरै चार करोड बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा ट्राफिक प्रहरीले चार करोड १६ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । 

ट्राफिक प्रहरीले उक्त रकम बराबरको राजस्व ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई कारबाही गरेर संकलन गरेको हो । 

यसअवधिमा सुदूरपश्चिममा ६२ हजार ९ सय ३१ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । जसमध्ये सबैभन्दा धेरै मापसे/लापसेका रहेको प्रहरीले जनाएको छ । 

हाल सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीको सक्रियता बढ्दो छ । ट्राफिक प्रहरीका अनुसार पछिल्लो १० महिनामा सुदूरपश्चिम प्रदेशमा २ सय ६० सवारी दुर्घटना भएका छन् । जुन दुर्घटनामा परेर १ सय ४५ जनाले ज्यान गुमाएमा छन् । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी