×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेप्सेको थोत्रो साइट’ डाउन, लगानीकर्ताबाट करोडौँ ‘लुटेर’ पनि ५ अर्बको कारोबारसमेत धानेन 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘नेप्सेको थोत्रो साइट’ डाउन, लगानीकर्ताबाट करोडौँ ‘लुटेर’ पनि ५ अर्बको कारोबारसमेत धानेन 

Artha Sarokar

६ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को साइट अझै पनि खुलेको छैन । आइतबार कारोबार बन्द हुनुभन्दा केही मिनेटअघि मात्रै डाउन भएको साइट अझै पनि नखुलेको हो । 

कारोबार बन्द हुनुभन्दा (३ बजेअघि) २–३ मिनेटअघि बन्द भएको नेप्सेको साइट यो समाचार तयार पार्दासम्म पनि खुलेको छैन ।  

शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक भएपछि आइतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.४५ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै आइतबार कारोबार रकम पनि बढेको छ । 

आइतबार नेप्सेमा ३ सय ३२ कम्पनीको ७४ लाख ९ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २५ करोडमाथिको सेयर कारोबार भएको छ । बजार बढेकै दिन, अझ ५ अर्ब भन्दा माथिको सेयर कारोबार भएकै दिन नेप्सेको साइट डाउन भएपछि लगानीकर्ता ‘नेप्सेको थोत्रो सिस्टमले ५ अर्ब माथिको कारोबारसमेत धानेन’ भन्दै आक्रोशित बनेका छन् ।

नेप्सेको साइट डाउन भएसँगै अहिले सामाजिक सञ्जालमा लगानीकर्ताहरुले नेप्सेको यही रबैयाका कारण पनि नेपाली सेयर मार्केटमा अर्को स्टक एक्सचेन्ज अपरिहार्य भएको बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी