काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौटका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’मा परेको छ । बैंकको जेठ ६ गते (आइतबार) बसेको सीईओ नियुक्त सिफारिस उप-समितिको बैठकले ५ जनाको नाम ‘सर्टलिस्ट’मा राखेको छ ।
बैंकको ‘सर्टलिस्ट’मा पर्नेमा कृष्ण बहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका छन् ।
‘सर्टलिस्ट’मा परेकामध्ये कृष्णबहादुर अधिकारी नेपाल बैंक लिमिटेडका पूर्व सीईओ हुन् भने देवेन्द्र रमण खनाल राष्ट्रिय वाणिज्य बैंककै कामु सीईओ हुन् । ‘सर्टलिस्ट’मा परेकाहरुले जेठ ९ गते (बुधबार) बैंकको केन्द्रीय कार्यालयमा प्रस्तुतीकरण तथा अन्तर्वार्ता दिनेछन् ।
चैत अन्तिममा बैंकका तत्कालीन सीईओ किरण कुमार श्रेष्ठको दोस्रो कार्यकाल सकिएपछि बैंकमा सीईओको पद रिक्त छ । बैंकका अनुसार ‘सर्टलिस्ट’मा परेका ५ जना मध्येबाट कुशल कार्यक्षमता भएको, राजनीतिक दलको सदस्य नभएको, बैंकसँग ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी कारोबारमा संलग्न भएको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण जस्ता अभियोगमा कसुरदार नरहेको तथा कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको सक्षम व्यक्तिलाई बैंकको सीईओ नियुक्त गरिनेछ ।
हाल ‘सर्टलिस्ट’मा परेकामध्ये बैंकको सीईओमा अधिकारी र खनालको सम्भावना प्रबल देखिएको छ । यद्यपि अर्थमन्त्री वर्षमान पुनले भने संस्था चलाउन सक्ने पार्टी निकट व्यक्ति खोजिरहेको बुझिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्