काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभाले सेयरधनीहरूलाई २५.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
जेठ ९ गते बुधवार, अमृतभोग केटरर्स प्रा.लि.,कालिकास्थान, काठमाडौं सम्पन्न भएको उक्त साधारण सभाले सभाले २३.८० प्रतिशत बोनस सेयर र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को वितरण योग्य मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी रकम तीन अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशतले हुन आउने रकम ७६ करोड १६ लाख रुपैयाँ बराबरको बोनस सेयर र उक्त बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित प्रयोजनार्थ १.२५२६ प्रतिशतले हुन आउने रकम ४ करोड ८४ हजार २१० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यस्तै, बोनस शेयर जारी गर्दा चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कायम हुने र अपुग पुँजी कायम गर्न उक्त पुँजीको २७ प्रतिशत अर्थात ९१ः०.२७० को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।
यसका साथै, सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न १ जना सञ्चालक स्नेहा शर्मा लगायतको निर्वाचन र कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षणको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने साधारण प्रस्तावहरू पनि पारित भएको छ ।
यसैगरी, उक्त साधारण सभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रतिशत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षणको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचित सहितको वित्तिय विवरण, सहायक कम्पनी सन लाइफ क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०७९/०८० को वित्तिय विवरणहरू सहितको एकीकृत वित्तिय विवरण पारित भएको छ ।
यसैगरी, साधारण सभाद्वारा बोनस सेयर वितरण र हकप्रद सेयर निस्कासन पश्चात अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषेश प्रस्ताव पारित गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्