काठमाडौँ । भारतीय सेयर बजार अल टाइम हाईको बिन्दुमा पुगेको छ । बिहीबार भारतीय सेयर बजारमा देखिएको उछालसँगै भारतीय सेयर बजार मापक सूचक सेन्सेक्स र निफ्टी हालसम्मकै उच्च बिन्दुमा पुगेका हुन् ।
बिहीबार सेन्सेक्स ७५,४१८.०४ बिन्दुमा पुगेको छ भने निफ्टी २२,९६७.६५ बिन्दुमा पुगेको छ ।
निजी बैंकको सेयर भारी वृद्धि देखिएपछि बिहीबार सेन्सेक्स ११९६.९८ अंकले बढ्दा निफ्टी ३५४.६६ अंकले बढेको थियो । बिहीबार सेन्सेक्स हालसम्मकै उच्च ७५,४९९.९१ र निफ्टी २२,९९३.६० बिन्दुमा पुगेको थियो ।
बिहीबार भारतीय सेयर बजारमा देखिएको वृद्धि शुक्रबार पनि कायम रहने भारतीय सेयर विश्लेषकहरुले बताएका छन् । पछिल्लो केही समययता भारतीय सेयर बजार लगातार बढिरहेको छ । बजार निरन्तर उकालो गतिमा लागेपछि भारतीय सेयर लगानीकर्ताहरु पनि उत्साहित बनेका छन् ।